काठमाडौंमा आज यस वर्षकै बढी चिसाे


काठमाडौंमा आज आइतबार यस वर्षकै सबै भन्दा बढी चिसो मापन गरिएको छ ।

आइतबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको हाे । शनिबार काठमाडौंको न्यूनतम तापक्रम ५ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको थियो ।

केही दिन यतादेखि काठमाडौंसहित देशभरकै तापक्रम घट्न थालेको महाशाखाले जनाएको छ । पुस लागेसँगै देशभर चिसो बढेको छ । आज जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ ।

जोमसोमको माइनस ६ दशमलव १ र जिरीको माइनस शून्य दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।


प्रकाशित मिति : २०७९ पुष १०, आईतवार ०७:०४

धेरै पढिएको

ताजा समाचार