सल्यानमा बनमा आगलागी “सुरक्षा निकायको संयुक्त प्रयासमा समयमै नियन्त्रण” ।


सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं.९ नयाँ बस्ती स्थित काफलगैरा ढारपाखा सामुदायिक वनको जंगलमा आज आगलागी भएको हो । बिहान.०६ः३० बजेको समयमा लागेको आगो.०९ः१५ बजे सुरक्षा निकायको संयुक्त प्रयासमा पूर्णरुपमा आगलागी नियन्त्रणमा आएको, हो । आगो लागेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट प्र.स.नि.होम बहादुर के.सी.को कमाण्डमा ९ जना , सशस्त्र प्रहरी वल का स.प्र.ना.नि.बाल कृष्ण शाही को कमाण्डमा ११ जना र नेपाली सेना सबुज गणबाट समेत टोली खटिई गई स्थानियबासीको सहयोगमा आगो नियन्त्रण मा आएको हो । उक्त आगलागीबाट भने कुनै मानवीय तथा चौपायाको क्षति भएको छैन ।

आगलागी नियन्त्रण पश्चात सल्यान जिल्लामा बारम्बार भैरहने आगलागी का घटनालाई न्यूनिकरण गर्ने हेतुले उक्त आगलागी नियन्त्रण भएकै स्थानमा प्र.जि.अ.हेमराज तामाङ,प्र.ना.उ.गोविन्द थापा,स.प्र.ना.उ.सन्तोष रायमाझी,रा.प्र.वि.का प्र.अ.अ.वोनोद दुवाडी सल्यानका डिभिजन वन अधिकृत रमेश गिरी,शारदा न.पा. वडा नं. ९ का वडा अध्यक्ष समेतको उपस्थितिमा करिव १५० जना स्थानिय बासीहरुलाई भेला गराई आगलागी घटनाको न्यूनिकरण,वन डढेलो गराएमा हुने कानुनी कारवाही लगायतका वन जंगल संरक्षण र संम्वर्द्वन विषयमा अभिमुखी करण कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जान्कारी दिएको छ ।

photo = via from जिल्ला प्रहरी कार्यालय सल्यान official facebook page

 


प्रकाशित मिति : २०७७ माघ १३, मंगलवार

धेरै पढिएको

ताजा समाचार