नायिका पुजा शर्मा र आनन्द सिंह अभिनित ‘तिमी आउने जाने’ सार्वजनिक (भिडियो )


नायिका पुजा शर्मा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका अस्मिता अधिकारी र गायक अविनाश न्यौपानेको युगल स्वर रहेको गीत ‘तिमी आउने जाने’मा पुजा शर्मा र सर्वाधिक हिट गीत फुलबुट्टे सारीका मोडेल आनन्द सिंहको अभिनय रहेको छ । टंक बुढाथोकी शब्द, संगीत रहेको गीतको भिडियोमा पुजा शर्मा र आनन्द सिंहको केमिस्ट्री जमेको देखिन्छ ।

भिडियोलाई गायक तथा अहिलेका चर्चित निर्देशक सशान कंडेलले निर्देशन गरेका हुन् । पर्यटकीय स्थल कालिञ्चोकको रमणीय स्थलमामा छायांकन गरिएको भिडियो बुद्ध थापाको छायांकन, विकास दाहालले सम्पादन गरेका हुन् ।

टंक बुढाथोकीको युट्युब च्यानलबाट सार्वजनिक भिडियोलाई रिलिज भएसंगै रफ्तार लिँदै छ र सत प्रतिशत सकारात्मक प्रतिक्रियाहरु पनि पाइरहेको छ।


प्रकाशित मिति : २०७८ श्रावण १७, आईतवार

धेरै पढिएको

ताजा समाचार