नेपाल–ओमान–अमेरिका त्रिकोणात्मक सिरिज भदौ २८ देखि


नेपाल, ओमान र अमेरिकाबचि हुने त्रिकोणात्मक सिरिजको मिति तय भएको छ। आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीच त्रिकोणात्मक एकदिवसीय सिरिज भदौ २८ देखि असोज ४ गतेसम्म ओमानमा हुने भएको हो।

टाइम्स अफ ओमानका अनुसार ओमानले अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म हुने टी-२० विश्वकप तयारीका लागि नेपाल, अमेरिका, स्कटल्यान्ड तथा पपुवा न्युगिनीसँग त्रिकोणात्मक सिरिज र मुम्बईको टोलीसँग टी-२० र एकदिवसीय खेल आयोजना गर्न लागेको हो।

ओमानले नेपाल र ओमानसँगको त्रिकोणात्मक सिरिज भदौ २८ देखि असोज ४ गते सम्म आयोजना गर्नेछ।

नेपालले ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज खेल्नुअघि पपुवान्युगिनीसँग ओडीआई सिरिज खेल्ने तयारी गरिरहेको छ।

अगस्ट अन्तिममा ओमान भ्रमणमा निस्किने तयारीमा छ। ओमान भ्रमणका लागि नेपालले बन्द प्रशिक्षण सुरु गरिसकेको छ।

नेपाल, ओमान, स्कटल्यान्ड, नामिबिया, अमेरिका, पपुवा न्युगिनी र यूएईले होम एन्ड अवेमा त्रिकोणात्मक सिरिज खेल्नेछन्।

सात टोलीले सन् २०२३ सम्म ३६ ओडीआई खेल खेल्ने छन्। शीर्ष तीन टोली सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकपका लागि ग्लोबल छनोटमा सोझै स्थान बनाउने छन्। पुछारका चार टोलीले प्लेअफ खेल्ने छन्।


प्रकाशित मिति : २०७८ श्रावण २८, बिहीबार

धेरै पढिएको

ताजा समाचार