अर्घाखाँचीका रायमाझी परिवारको नक्क्ले भिनाजु ५ ” नकचरो भेना ” सार्वजनिक (भिडियो सहित)


लोक दोहोरी क्षेत्रमा लामो समयदेखि निरन्तर कडा मेहनत गरेर आफूलाई स्थापित गराएका अर्घाखाँचीका गायक विशाल रायमाझीले नक्कले भिनाजु ५ – “नकचरो भेना” को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

रायमाझी परिवार ले यसभन्दा पहिले पुर्वे धरान, नक्कले भिनाजु खै त मलाई जाले रुमाल बाट दर्शक श्रोताहरू को अत्यधिक मन जित्न सफल भएका थिए । नक्क्ले भिनाजु एक दुई तीन क्रमश पाँच ले पनि दर्शकहरु को मन जित्न सफल भएको छ । साली भेना को भूमिकालाई हास्यव्यङ्ग्यको रूपमा प्रस्तुत गरिएको छ ।

कमल सौरागले एरेन्ज गरेको नक्कले भिनाजु ५ – “नकचरो भेना ” म्युजिक भिडियोमा हरिमाया, बिशाल र सर्मिला रायमाझीको स्वर रहेको छ भने शब्द विशाल रायमाझीको रहेको छ । यस गीतमा एलिना रायमाझी र अल्फा शाह लगायतका कलाकारको दमदार अभिनय देख्न सकिन्छ । प्रकाश खड्काले छायांकन गरेको म्युजिक भिडियो निर्देशन तथा सम्पादन राजकुमार मगरले गरेका थिए । विशाल रायमाझीले आफ्नो युटुव च्यानल बाट सार्वजनिक गरेका हुन ।भिडियो –


प्रकाशित मिति : २०७८ श्रावण २८, बिहीबार

धेरै पढिएको

ताजा समाचार