थप १,३८८ जनामा कोरोना संक्रमण, २४ संक्रमितको मृत्यु


पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ३८८ जनामा कोरोनासंक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ७२५९ पीसीआर परीक्षणमा १ हजार २१४ जना र ३ हजार ३८ एन्टिजेन परीक्षणमा १७४ जना गरी १ हजार ३८८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २ हजार २६० जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरमा कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ ।


प्रकाशित मिति : २०७८ भाद्र १३, आईतवार

धेरै पढिएको

ताजा समाचार