सत्ता गठबन्धनका नेताहरुको बैठक बस्दै


काठमाडौं । सत्ता गठबन्धनका नेताहरुबिच मंगलबार छलफल हुने भएको छ । बैठकमा मन्त्रीपरिषद् बिस्तारबारे छलफल हुने जनाईएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, सजपाका नेता उपेन्द्र यादवसहितको सहभागिता रहने छ ।

बैठकमा मन्त्रालय भागबन्डासमेत टुंगो लाग्नेसमेत जनाईएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको करिब दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा तीव्र आलोचना भएकोे छ ।


प्रकाशित मिति : २०७८ भाद्र १५, मंगलवार

धेरै पढिएको

ताजा समाचार