२०२३ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले एक वर्षभित्र मुलुकमा १० लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको बताउनुभयो । सरकारले आगामी सन् २०२३ भित्र १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको र त्यो सम्भव रहेको उहाँको दाबी छ ।

पर्यटन दिवसको अवसरमा नेपाल पर्यटन बोर्डद्वारा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले नेपालमा पर्यटक भित्र्याउने काममा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको पनि बताउनुभयो । सचिव अधिकारीले नेपालमा पर्यटन विकासको राम्रो सम्भावना भएर पनि यसलाई ‘क्यास’ गर्न नसकिएको भन्दै सरकार, निजी क्षेत्र र बोर्डबीचको समन्वय र सहकार्यमा पर्यटन प्रवद्र्धनका नयाँ कार्यक्रम गर्नुपर्ने बताउनुभयो ।

उहाँले नेपालले भारत, चीन, सिंगापुर, भियतनामलगायतका एसियाली मुलुकमा पर्यटन प्रवद्र्धनका लागि अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

होटल एसोसिएसन अफ नेपाल (हान)की अध्यक्ष सिर्जना राणाले होटल व्यवस्थालाई पनि उद्योग व्यवसाय सरह मान्यता दिन माग गर्दै पर्यटन क्षेत्रको विकासका लागि होटल व्यवसायको प्रवद्र्धनका लागि बनेका नीति कार्यान्वयनमा ल्याउन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।


प्रकाशित मिति : २०७९ पुष १७, आईतवार ०४:२२

धेरै पढिएको

ताजा समाचार