१३ अंकले घट्यो सेयरबजार, झण्डै ४ अर्बको कारोबार


काठमाडौं, सेयरबजार आज १३.७१ अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार उक्त अंकले घटेसँगै नेप्से सूचक २१६५.१० विन्दूमा रोकिएको छ।

सूचक घटे पनि बजारमा झण्डै ४ अर्बको कारोबार भएको छ। ३ अर्ब ८६ करोड रुपैयाँको सेयर कारोबार भएको हो।

आज २५७ कम्पनीको १ करोड ७ लाख कित्ता सेयर बिक्री भएको छ। यसअनुसार ४१ कम्पनीको सेयर बढे पनि १६६ कम्पनीको घटेको छ।

आदर्श लघुवित्त, सानिमा जीआईसी इन्स्योरेन्स, कुमारी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, समृद्धि फाइनान्सका लगानीकर्ताले आज १० प्रतिशत हाराहारीमा आम्दानी गरेका छन्।

त्यस्तै हिमालयन हाइड्रोपावर, लिबर्टी इनर्जी, सिंगटी हाइड्रोलगायतका कम्पनीका लगानीकर्ताले भने आज धेरै गुमाएका छन्। उनीहरुले ७.७९ प्रतिशतसम्म गुमाएको नेप्सेले जनाएको छ।

आज सर्वाधिक कारोबारमा कुमारी बैंकले सबैलाई उछिनेको छ। बैंकको २७ करोड ४८ लाख रुपैयाँको कारोबार भएको हो।


प्रकाशित मिति : २०७९ माघ ९, सोमबार १६:११

धेरै पढिएको

ताजा समाचार