काठमाडौ, नेपाली बजारमा मंगलबार सुन कीर्तिमानी मूल्यमा कारोबार भइरहेको छ । सुन आज प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको छ ।
यो हालसम्मकै उच्च मूल्य हो । यसअघि सुन २५ फागुन २०७८ मा प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँ पुगेको थियो ।
आज १ हजारले बढेर प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।
आज तेजावी सुन प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : २०७९ माघ १०, मंगलवार ११:३०