बदनियतपूर्वक काम गर्ने लघुवित्तलाई कारबाही गर्नुपर्छ, मर्कामा परेकालाई राहत दिनुपर्छ : महामन्त्री थापा


काठमाडौ, नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले बदनियतपूर्वक काम गर्ने लघुवित्तहरुलाई कारबाही गर्न माग गरेका छन् ।

प्रतिनिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद थापाले लघुवित्तका कारण कैयौंको आर्थिक अवस्था डमाडोल भएकोप्रति सरकारले ध्यान दिनुपर्नेमा पनि जोड गरेका छन् ।

‘अति न्यून आय भएका गरिबलाई गरिबीको आहालबाट निकाल्नका लागि काम होला भनेको कैयौं लघुवित्तका कारणले गर्दा गरिब उठ्नै नसक्ने गरिकन थला परेका छन्’ थापाले बैठकमा भने, ‘तत्काल गर्जो टार्न जहाँबाट जस्तो भए पनि ऋण लिने ग्राहक र अनुमति दिँदा हात फैलाउने र सुपरिवेक्षण गर्दा मुठ्ठी कस्ने राष्ट्र पनि यसको जिम्मेवार छन्, यही कारणले गर्दा लघुवित्तको संकट देखिएको हो।’

उनले अगाडि भने, ‘मर्कामा परेकालाई राहत दिनुपर्छ। बदनियतसाथ काम गर्ने लघुवित्त संस्थालाई कारबाही गर्नुपर्छ ।’


प्रकाशित मिति : २०७९ फाल्गुन १०, बुधबार १६:३२

धेरै पढिएको

ताजा समाचार