तोलामा एक लाख ७ हजार नाघ्यो सुनको मूल्य


काठमाडौं । सुनको मूल्य प्रतितोला एक लाख ७ हजार भन्दा पनि बढी पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला मूल्य एक लाख ७ हजार एक सय रुपैयाँ पुगेको हो ।

शुक्रबार छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ । बिहीबार छापावाल सुनको मूल्य एक लाख ६ हजार ७ सय रुपैयाँ थियो ।

आज तेजाबी सुनको मूल्य एक लाख ६ हजार ६ सय पुगेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १३ सय १० रुपैयाँ पुगेको छ ।

बिहीबार तेजावी सुन एक लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।


प्रकाशित मिति : २०७९ चैत्र ३, शुक्रबार १२:०७

धेरै पढिएको

ताजा समाचार