क्रिकेट खेलाडीलाई जनही एक लाख दिने बागमती प्रदेश सरकारको घोषणा


हेटौंडा, बागमती प्रदेश सरकारले आइसिसी विश्वकप लिग–२ अन्तर्गत उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीलाई पुरस्कृत गर्ने भएको छ ।

प्रदेश सरकारले खेलाडीलाई जनही एकरएक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो ।

क्रिकेटका माध्यमबाट इतिहास बनाउन सफल भएकामा प्रोत्साहन स्वरूप सो रकम पुरस्कार दिने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले जानकारी दिए ।

क्रिकेट खेलाडीले उत्कृष्ट खेलेका कारण देशको शिर उचाइमा पुर्‍याएकामा प्रदेश सरकारले गौरव गरेको उनले बताए । यूएईमाथि प्राप्त जीतले नेपाल तालिकाको तेस्रो स्थानमा रहेर विश्वकप छनोटमा पुगेको हो ।

विश्वकप लिग–२ का सहभागी सात टोलीमध्ये शीर्ष तीन टोली विश्वकप छनोटमा पुग्ने प्रावधान रहेको छ ।


प्रकाशित मिति : २०७९ चैत्र ४, शनिबार ०८:१३

धेरै पढिएको

ताजा समाचार