नयाँ अर्थमन्त्रीलाई पत्याएन सेयर बजारले, नेप्सेमा २३ अंकको पहिरो


काठमाडौं, साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २३.२४ अंक घटेर बन्द भएको छ ।

नयाँ अर्थमन्त्री नियुक्त भएसँग पुँजीबजारले गति लिने हल्ला चलाइएको भएपनि साताको पहिलो दिन नै नेप्सेले अर्थमन्त्रीलाई नपत्याएको देखिन्छ ।

गत बुधबार र बिहीबार नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महत अर्थमन्त्री हुने चर्चासँगै बजार उकालो लागको बजारमा हल्ला थियो ।

तर, अर्थमन्त्री बनेको दुई दिनपछि खुलेको बजारमा भने उत्साह देखिँदैन । गत बिहीबार नेप्से झिनो अंकले बढेको थियो ।

आज नेप्से परिसूचक १।२२ प्रतिशतले घटेर १८८५.३१ विन्दूमा बन्द भएको छ । यसदिन २६० धितोपत्रको ३६ लाख ४९ हजार १९६ कित्ता एक अर्ब १६ करोड २६ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०ले जानकारी दिएको छ ।

घटेको बजारमा कालिञ्चोक दर्शन लिमिटेडको सेयर मूल्य ९.९६ प्रतिशतले वृद्धि भएको छ । तर, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ९.६१ प्रतिशतले घटेको छ ।

यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८९९ रुपैयाँ ४० पैसा कायम भएको छ ।

एनआईसी एसिया बैंकको पाँच करोड दुई लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । त्यस्तै, शिवम् सिमेन्टको चार करोड ४७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

आज कारोबारमा आएका सबै समूहको परिसूचक घटेको छ । यसदिन सर्वाधिक परिसूचक व्यापार समूहको २.५८ प्रतिशतले घटेको छ ।


प्रकाशित मिति : २०७९ चैत्र १९, आईतवार १७:४६

धेरै पढिएको

ताजा समाचार