काठमाडौ, नेपाल आयल निगमले घटाएको इन्धनको नयाँ मूल्य आज(मंगलबार)देखि लागू भएको छ।
सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको थियो।
राति १२ बजेदेखि लागू हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रति लिटर रु ३, डिजेल र मट्टितेलमा प्रति लिटर रु १०, हवाई इन्धन (आन्तरिकतर्फ) प्रति लिटर रु १० र हवाई इन्धन ९वाह्यतर्फ० प्रति लिटर अमेरिकी डलर ७० (अर्थात् करिब रु १० प्रति लिटर) ले घटाइएको निगमले जनाएको छ।
घटेको मूल्य अनुसार अब निगमको डिपो कार्यालयदेखि १५ किलोमिटरसम्म अब पेट्रोल रु १७५ प्रतिलिटर, डिजेल र मट्टितेल रु १७०, हवाई इन्धन (आन्तरिक) रु १६० कायम भएको छ।
खाना पकाउने एलपी ग्यासको मूल्य रु १८०० यथावत राखिएको छ। ग्यासको खुद्रा बिक्री मूल्यमा अझै पनि निगमालाई प्रति सिलसण्डर ५४५ रूपैयाँ घाटा रहेको भएतापनि हाललाई खुद्रा मूल्य यथावत नै राखिएको निगमले जनाएको छ।
इण्डियन आयल कर्पोरेशन लिमिटेडबाट १ अप्रिल, २०२३ (चैत १८, २०७९) मा प्राप्त खरिद मूल्यसूची बमोजिम पेट्रोल पदार्थको रकम घटेर आएको हो।
निगमले नेपाल सरकारको ऋण र ईण्डियन आयल कर्पोरेशन लिमिटेडलाई हाल तिर्नुपर्ने बक्यौता रकम करिब रु १४ अर्ब बाँकी रहेको जनाएको छ।