काठमाडौं, नेपाल आयल निगमले इन्धनको मूल्य घटाएसँगै २२ चैतदेखि लागू हुने गरी हवाई भाडा पनि घटाएको छ ।
वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ४४० रुपैयाँ भाडा घटेको हो ।
यो रुटमा ७ हजार ५१० रुपैयाँ लाग्नेमा अब ७ हजार ७० रुपैयाँ मात्रै तिर्नुपर्ने भएको छ ।
काठमाडौंबाट भद्रपुरका लागि ३०० रुपैयाँ घटेको छ भने विराटनगरलाई २४० रुपैयाँ घटाइएको छ ।
यस्तै जनकपुरका लागि १३०, भरतपुरका लागि १०५ र पोखराका लागि १५५ रुपैयाँ हवाई भाडा घटेको संघले जनाएको छ ।
संघका अनुसार काठमाडौंबाट भैरहवा उडानको भाडा २०५ रुपैयाँले घटेर ३ हजार २९५ रुपैयाँ कायम भएको छ ।
नेपालगञ्जमा ३२५, तुम्लिङटारका लागि १८५, सिमराका लागि ९० रुपैयाँ, सुर्खेतका लागि ३४५ र राजविराजका लागि २०५ रुपैयाँ भाडा घटाइएको छ ।
काठमाडौंबाट हुने माउन्टेन फ्लाइटको भाडा ३४५ रुर्पैयाँ घटाएर ५ हजार ४९० रुपैयाँ कायम गरिएको छ ।