पूँजीगत खर्च हुन नसके अर्थतन्त्रमा बहुआयामिक पर्छ : प्रधानमन्त्री दाहाल


काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले पुँजीगत खर्च हुन नसके अर्थतन्त्रमा बहुआयामिक असर पर्ने बताएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ५०औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

उनले भने, “पुँजीगत खर्च समयमा हुन सकेन भने त्यसले विकास निर्माणको कार्य पछाडि पार्ने मात्र नभइ त्यसबाट अर्थतन्त्रमा बहुआयामिक असर पर्दछ ।”

त्यसैले संघ, प्रदेश र स्थानीयगरी तीनै तहको सरकारले पुँजीगत खर्चलाई तीव्रता दिनुपर्ने प्रधानमन्त्री दाहालले बताए ।

उनले भनेका छन्, ‘बजेट कार्यान्वयनको सम्बन्धमा मन्त्रालयहरू र प्रदेश सरकारसँग समेत छलफल गरी अर्थ मन्त्रालयले प्रगति राम्रो भएका विकास आयोजनाहरूमा साधनस्रोतको अभाव नहुने व्यवस्था मिलाउने छ ।’


प्रकाशित मिति : २०७९ चैत्र २३, बिहीबार १५:३७

धेरै पढिएको

ताजा समाचार