८ सय रुपैयाँले बढ्यो सुनचाँदीको मूल्य, १ लाख ११ हजार रुपैयाँमा कारोबार


काठमाडौं, आज शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। हिजो केही घटेको सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले बढेको छ। चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावला सुनको मूल्य १ लाख ११ हजार रुपैयाँमा र तेजावी सुनको मूल्य १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार कारोबार भैरहेको छ।

बिहिबार छापावला सुनको मूल्य १ लाख १० हजार २ सय रुपैयाँमा र तेजावी सुनको मूल्य १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार कारोबार भैरहेको थियो।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेर १ हजार ४४० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो।


प्रकाशित मिति : २०७९ चैत्र २४, शुक्रबार १२:५०

धेरै पढिएको

ताजा समाचार