उद्योग वाणिज्य महासंघको निर्वाचन आज, वरिष्ठ उपाध्यक्षमा तीन जनाबीच प्रतिष्पर्धा


काठमाडौं, नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयन गर्न आज निर्वाचन हुँदैछ ।

एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चयन गर्न मतदान हुन लागेको हो । मतदान बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदैछ ।

वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा स्वतह अध्यक्ष हुने व्यवस्थाका कारण महासंघको निर्वाचन वरिष्ठ उपाध्यक्ष केन्द्रित हुने गरेको छ ।

अहिले वरिष्ठ उपाध्यक्षको दौडमा उमेशलाल श्रेष्ठ, रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ प्यानलसहित प्रतिस्पर्धामा छन्।

वरिष्ठ उपाध्यक्षका उम्मेद्वारले ५० प्रतिशत भन्दा बढी मत नपाएमा पुन चुनाव हुनेछ ।

वस्तुगत उपाध्यक्ष अन्जन श्रेष्ठ, एशोसिएट उपाध्यक्ष रामचन्द्र संघई र उमेशलाल श्रेष्ठले प्यानलनै बनाएर निर्वाचनमा होमिएका छन्। यी तीनै जना उम्मेद्वारले ५० प्रतिशत मत पाउने सम्भावना कम देखिएको छ।

 


प्रकाशित मिति : २०७९ चैत्र २९, बुधबार ०७:४९

धेरै पढिएको

ताजा समाचार