उद्योग महासंघको रोकिएको मतदान फेरि सुरु


काठमाडौ, कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा नेपाल उद्योग वाणिज्य महासंघको केही समयका लागि रोकिएको मतदान फेरि सुरु भएको छ।

व्यवसायीको भीडले आआफ्ना उम्मेदवारको पक्षमा होहल्ला गरेपछि करिब १ घण्टा मतदान रोकिएको थियो।

सोसँगै नेपाल प्रहरी आएर भीड व्यवस्थित गरेपछि मतदान फेरि सुरु भएको हो।

प्रहरीले लाइन मिलाएपछि अहिले फेरि मतदान भइरहेको छ।


प्रकाशित मिति : २०७९ चैत्र २९, बुधबार १२:३८

धेरै पढिएको

ताजा समाचार