काठमाडौ, नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको मतपरिणाम आउन सुरु भएको छ । महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षमा सुरजकृष्ण वैद्य निर्वाचित भएका छन् ।
रामचन्द्र संघाइ प्यानलबाट प्रतिस्पर्धा गरेका उनले ४३ मत पाए । अञ्जन श्रेष्ठ प्यानलबाट जिल्ला नगरतर्फको उपाध्यक्षमा चुनाव लडेका अरुणराज सुमार्गी (३७) र उमेशलाल प्यानलका दिनेश श्रेष्ठ (३४) भने पराजित भए ।
वस्तुगत समूहको उपाध्यक्षमा हेमराज ढकाल ६१ मतसहित विजयी भएका छन् । उनी उमेशलाल श्रेष्ठको प्यानलबाट चुनाव लडेका थिए । जिल्ला नगरतर्फ श्रेष्ठको प्यानलको वर्चस्व देखिएको छ ।
उनको समूहबाट निर्वाचित सदस्यमा अब्दुल बाहिद मन्सुर, अमरेशचन्द्र बैदार, उज्जवप्रसाद कसजु, उमेश डालमिया, कल्पना गैरे, किरोशकुमार आचार्य, केशवप्रसाद भण्डारी, गोकुल श्रेष्ठ, ताराबहादुर कार्की, निरक केसी, प्रयास कार्की, मन्जुकुमार श्रेष्ठ, मोहनप्रसाद श्रेष्ठ विजयी भइसकेका छन् ।
त्यस्तै, अञ्जन श्रेष्ठको समूहबाट विजयी हुने सदस्यमा अनिलकृष्ण श्रेष्ठ, कृष्ण कटवाल, नवीन रिजाल, पुष्पराज कुँवर र बेदबहादुर श्रेष्ठ रहेका छन् ।
वरिष्ठ उपाध्यक्ष पदको मतगणना भने सुरु भएको छैन । नयाँ नेतृत्व चयनका लागि बुधबार मतदान भएको थियो ।