काठमाडौं, एक वर्षमै बेरुजु १ खर्ब १९ अर्ब बेरुजु बढेको छ । महालेखा परीक्षकको ६० औं प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा १ खर्ब २९ अर्ब ५६ करोड रुपैयाँले बेरुजु रकम बढेको हो ।
प्रारम्भिक प्रतिवेदनबाट १ खर्ब २९ अर्ब ५६ करोड रुपैयाँ बेरुजु देखिएको हो । ९ अर्ब ७८ करोड सरकारी निकायतर्फ संघ, प्रदेश र स्थानीय तहसमेतको लेखापरीक्षणबाट १ खर्ब १९ अर्ब ७७ करोड बेरुजु कायम भएको प्रतिवेदनले औँल्याएको छ ।
नियमित गर्नुपर्नेमा नियमविपरीत भएको खर्च १९ अर्ब ८७ करोड ८० लाख भएको छ । प्रमाण कागज पेस नभएको ५९ अर्ब र शोधभर्ना नलिएको ४ करोड रुपैयाँ रहेको छ ।
त्यस्तै, ९ अर्ब पेस्की रहेको छ । सोमध्ये ४ हजार ६८ संघीय सरकारी निकाय तथा कार्यालयको गरिएकोमा १ हजार ९२९ कार्यालयमा उल्लेख्य बेरुजु देखिएको थियो ।
यस्तै, प्रदेश सरकराी कार्यालयतर्फ १ हजार २१८ को लेखापरिक्षण गरेकोमा ४ सय ४४ कार्यालयमा उल्लेख्य बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।