काठमाडौँ, सरकार र मिटरब्याजी पीडितबीचको वार्ता भंग भएको छ । बिहीबार गृह मन्त्रालयमा भएको वार्ता सहमति नभएपछि दुई पक्षबीचको वार्ता भंग भएको हो ।
सरकारी वार्ता टोलीले आफ्ना मागहरु सम्बोधन गर्न नचाहेकाले वार्ता भंग गरिएको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदूर संघर्ष समितिका प्रवक्ता निर्ग नवीनले बताए । उनका अनुसार समितिले आन्दोलनलाई निरन्तरता दिने भएको छ ।
५ दिनसम्म भएको वार्तामा सरकारी पक्षले पुरानै कुराहरु दोहो¥याएको भन्दै त्यसलाई स्वीकार गर्न नसकिएको प्रवक्ता नवीनले बताए ।
उनले भने, ‘मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले नेपाल सरकारलाई ६ बुँदे माग राखेको थियो ।
राज्यले बनाएको औपचारिक वार्ता टोलीसँग हामीले ५ दिन वार्ता बस्यौँ । उहाँहरु ६ बुँदे मागप्रति सकारात्मक हुनु भएन ।
आजदेखि सरकारले बनाएको वार्ता टोलीसँग वार्ता नगर्ने भनेर हामीले वार्ता भंग गरेका छौँ । उहाँहरुले हामी संवेदनशील भएका छौँ भन्नुभएको छ ।
हामीले संघर्ष समितिले राखेका ६ बुँदे मागमा छलफल गर्नु भनेका छौँ, उहाँहरुले त्यही कुरा राखिराख्नुभयो ।’
प्रवक्ता नवीनले संघर्ष समितिले राखेका ६ बुँदे मागमा सरकारी पक्षले कुनै वास्ता नगरेको आरोप लगाए ।