काठमाडौ, २०८०को पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गिरावट आएको छ। घटेको बजारमा ९७ करोडको कारोबार भएको छ।
आज १९३४.५१ विन्दूमा खुलेको बजार उच्च १९४५.०५ विन्दू र न्यून १९१८.५२ विन्दू समातेको थियो।
कारोबारमा आएका २५६ कम्पनीमध्ये ६४ कम्पनीको सेयरमूल्य बढेको छ भने १४५ कम्पनीको घटेको छ। १० कम्पनीको मूल्य भने स्थिर नै देखिएको छ।
आज तीन कम्पनीको सेयरमूल्य सर्किट लेबलमा बढेको छ। आर्दश लघुवित्तको ९.९९ प्रतिशत, मौलुङ हाइड्रोपावरको ९.९९ प्रतिशत र कालिन्चोक दर्शनको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ।
सगरमाथा जलविद्युत कम्पनीको सेयरमूल्य उच्च दरले घटेको छ। आज नेप्सेमा सोल्टी होटलको सर्वाधिक ३ करोड ८९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
त्यसैगरी शिवम सेमेन्टको ३ करोड १७ लाख र एनआईसी एशिया बैंकको ३ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ।