एनआरएनए जापानको अध्यक्षमा संगीता अधिकारीको उम्मेद्वारी


ईतिहास रच्दैं एनआरएनए जापानको अध्यक्ष हुने दौडमा यतिबेला संगिता अधिकारी ( सुवेदी) अग्रपंत्तीमा छिन्। उनि एनआरएनए जापानको अध्यक्ष भएमा एनआरएनए जापानको पहिलो महिला अध्यक्ष हुनेछिन् । गत जुलाई २० तारिक टोकियोमा पत्रकार सम्मेलन गर्दै संगिताले उमेदवारी घोषणा गरेकी हुन् । खचाखच भरिएको हलमा उनले आफ्नो भाबी कार्ययोजना प्रस्तुत गरिन।

सन् २००४ मा अध्ययनको शिलसिलामा जापान प्रवेश गरेकी संगिता अधिकारी (सुवेदी )४ बर्षको अध्ययन पश्चात १० बर्ष जापानिज कम्पनीमा  जनरल म्यानेजरको भुमिकामा काम गर्दै सामाजिक अभियानमा सन् २००८ देखि संक्रिय हुदै आएकी हुन्।

सन् २०१७–१९ कार्यकालमा एनआरएनए जापानको सदस्य, सन् २०१९–२१ महिला संयोजक र सन् २०२१–२३ उपाध्यक्ष पदमा सफलता पुर्वक कार्यकाल सम्पन्न गर्दा “जहाँ समस्या ,त्यहाँ समाधानका लागी संगिता” को पहिचान समेत बनाएकी छिन्। मैले जुन अनुभव हासिल गरेको छु, त्यसले मलाई अब संस्थालाई सबल नेतृत्व दिन म समर्थ छु भन्ने आत्मविश्वास दिलाएको छ । दुई वर्षे कार्यकालमा उपाध्यक्ष का रुपमा मैले निर्वाह गरेको भुमिकाको न्यायोचित मुल्यांकनले मात्र पनि मलाई भावी नेतृत्वका लागि लायक ठहर गर्ने संगिताको दाबी छ । व्यवशायिक रुपमा कार्य गरेको अनुभब लगायतका आधारमा मैले नेपाल र नेपाली लाइ मात्र बुझेको छैन ,जापान र यहा भएका हामी नेपालीहरुका समस्यालाइ नजिकबाट बुझेको छु । तिनिहरुलाइ समाधान गर्दै हाम्रो समुदायको उज्वल भविष्य देखाउने (भिजन) लिएर म आएको छु उनले भनिन्।

जिम्मेवारीमा रहदाँ जापानमा नेपाली विधार्थीको समस्याको क्षेत्रमा, घरेलु महिला हिंसाको क्षेत्रमा, भाषा नआएर समस्या परेकाहरुको समस्या सहजिकरणको क्षेत्रमा, कुक दाजुभाईहरुको समस्याको क्षेत्रमा, यौनजन्य कृयाकलापको आरोपमा थुनुवामा परेका नेपालीहरुको समस्या समाधानको क्षेत्रमा, जापानमा नेपालीहरुको आत्महत्या, स्वभाविक मृत्यु र तिनिहरुको दाँह संस्कारको कार्यमा लगाएत अन्य भैपरी आऊने समस्याहरुमा समेत आफुलाई संक्रियताका साथ ऊपस्थित गराऊदै संगिता सामाजिक कार्यमा कृयाशिल छिन्।

जापानमा नेपालीको नयाँ पुस्ता तयार भैरहेको छ , हामी पछाडीको त्यो पुस्तालाइ हामी संगै हिडाउने चुनौति हाम्रो अगाडी छ । यदि साच्चीकै जापानमा नेपालीहरुको लागि कार्य गर्ने हो भने वा जापानमा सधै नेपाली भएर बाच्ने हो भने यो तन्नेरी पुस्तालाइ मुल प्रवाहमा ल्याउन अत्यन्तै जरुरी छ । नेपाल र नेपालीको पहिचान, सस्कृती र सभ्याताको उनीहरुमा हस्तान्तरण मात्र होइन, उनीहरु मार्फत त्यसको सम्बर्धन तथा संरक्षण गर्नु पर्ने हुन्छ । गैर आवासीय नेपालीको अभियानमा विविध कारणले म युवाहरु संग धेरै जोडिएको छु । मेरो पुस्ता भन्दा माथिल्लो पुस्ता अर्थात जापानमा भएको पाको नेपाली पुस्ताको आर्शिवाद मलाइ प्राप्त छ । मेरो पुस्ताका तमाम साथीहरु संग त म काम गरिरहेको छु ,अतः म सबै पुस्ताका नेपालीहरु संग जोडिएको ,तिनीहरुको सहि अर्थमा प्रतिनिधित्व गर्न सक्षम ब्याक्ति हुँ संगिताले भनिन। । मैले गैर आवासीय नेपाली संघ जापानका अग्रजहरु, यहाका बौद्धिक तथा ब्याबशायीक ब्यक्तीत्वहरुको सल्लाह र सुझावलाइ सदा सिरोपर गर्दै कार्य गर्ने छु ।


प्रकाशित मिति : २०८० श्रावण १०, बुधबार २०:२९

धेरै पढिएको

ताजा समाचार