नेप्से उचालिंदै जाँदा बढ्न थाल्यो कारोबार, एकैदिन पाँच अर्ब बढीको किनबेच


शेयर बजारले उकालो यात्रा तय गर्न थालेसँगै कारोबार रकम पनि बढ्न थालेको छ । साताको अन्तिम दिन आज बजार दोहोरो अंकले बढ्दा पाँच अर्ब बढीको कारोबार भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १८.०९ अंकले बढेको हो । ०.८५ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २१४३.९३ अंकमा पुगेको छ ।

आज २५९ कम्पनीका १ करोड २५ लाख ८१ हजार ९ सय ८२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४ करोड ७ लाख ४० हजार ९ सय ३७.०९ रुपियाँ बराबरको कारोबार भएको हो ।

बजार बढेको दिन विभिन्न ९ कम्पनीको शेयर मूल्य नौ प्रतिशतभन्दा बढी बढेको छ । चन्द्रागिरि हिल्स, बुद्ध भूमि नेपाल हाइड्रो, धौलागिरि लघुवित्त, खप्तड लघुवित्त र सिर्जनशील लघुवित्तको शेयर मूल्य १०–१० प्रतिशतले बढेको हो ।

त्यसैगरी बाराही हाइड्रो, हिमालयन उर्जा, इस्टर्न हाइड्रो र हिमालयन हाइड्रोको शेयर मूल्य क्रमशः ९.९७, ९.९७, ९.८९ र ९.८९ प्रतिशतले बढेको छ । दशौं नम्बरमा रहेको प्रिमियर इन्स्योरेन्सको शेयर ८.६९ प्रतिशतले बढेको हो ।

यता सिटिजन्स म्युचुअल फण्ड २ का लगानीकर्ताले सबैभन्दा बढी ३.०३ प्रतिशतले नाफा कमाएका छन् । आज ७६ कम्पनीको शेयर मूल्य घट्दा बाँकीको भने बढेको नेप्सेले जनाएको छ ।

आज पनि हिमालयन डिस्टिलरीमा लगानीकर्ताहरु झुम्मिएका छन् । उक्त कम्पनीको ४३ करोड १९ लाख ६६ हजार ९ल सय ७४.९० रुपियाँ बराबरको शेयर किनबेच भएको हो ।

साताको पहिलो दिन आइतबार बजार १७.२६ अंकले बढ्दा ४ अर्ब ४ करोड ८८ लाख ७९ हजार ५ सय १०.१९ रुपियाँ, सोमबार बजार १७.५६ अंकले बढ्दा २ अर्ब ९६ करोड ९ लाख २७ हजार ४ सय ४०.६७ रुपियाँ, मंगलबार ३.०३ अंकले बजार घट्दा ३ अर्ब ४५ करोड ८० लाख ८९ हजार ७ सय ८७.९२ रुपियाँ र हिजो बुधबार ६४.८७ अंकले बजार बढ्दा  ३ अर्ब ३० करोड ११ लाख ४२ हजार ९७.४३ रुपियाँ  बराबरको कारोबार भएको थियो ।


प्रकाशित मिति : २०७९ पुष २१, बिहीबार ११:१३

धेरै पढिएको

ताजा समाचार