नेप्सेमा दोहोरो अंकको वृद्धि, साढे पाँच अर्बको सेयर कारोबार


काठमाडौं, आइतबार नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ। नेप्से परिसूचक २०.६९ अंकले वृद्धि भएर २१६४.६१ विन्दूमा पुगेको छ।

नेप्से बढेसँगै कारोबार रकममा समेत वृद्धि भएको छ। आइतबार ५ अर्ब ४५ करोड मूल्य बराबरको सेयर कारोबार भएको छ।

अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार ५ अर्ब ४ करोड मूल्य बराबरको सेयर खरिदबिक्री भएको थियो। यसदिन सेन्सेटिभ इण्डेक्स ०.०० अंकले घटेको छ।

१३ उपसमूहमध्ये १० को मूल्‍य बढ्यो भने ३ को घट्यो। लाइफ इन्स्योरेन्सको सूचक सर्वाधिक ४.४३ प्रतिशतले बढ्दा होटल्स एन्ड टुरिजम समूहको ३.९८ प्रतिशतले मूल्य बढेको हो।

१० समूहको सूचक बढ्दा बैंकिङ,मनु एन्ड प्रो र माइक्रो फाइनान्स समूहको सूचक घटेको हो।


प्रकाशित मिति : २०७९ पुष २४, आईतवार १२:२४

धेरै पढिएको

ताजा समाचार