सुनचाँदीको मूल्य घट्यो


काठमाडौ, नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ४ सय र चाँदी २५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको थियो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


प्रकाशित मिति : २०७९ पुष २६, मंगलवार ०७:२९

धेरै पढिएको

ताजा समाचार