गेहेन्द्र धिमाल फाउण्डेशनले आयोजना गरेको क्रिएटर्स स्टुडियोको पहिलो मास्टरक्लास सत्र सम्पन्न भएको छ ।
मास्टर क्लासमा दुई वटा सत्रहरू राखिएका थिए– वन्यजन्तु फोटोग्राफीमा के महत्वपूर्ण छ र व्यक्तित्व विकास निर्माण गर्दा के महत्वपूर्ण छ रु
वन्यजन्तु फोटोग्राफीका माइस्ट्रो तथा प्रख्यात वन्यजन्तु फोटोग्राफरहरूमध्ये एक ओम प्रकाश यादवले वन्यजन्तु फोटोग्राफीमा के कुरा महत्वपूर्ण छ भन्ने बारेमा कक्षा सञ्चालन गरेका थिए । यादवले फोटोग्राफी, के गर्ने र नगर्ने भन्ने बारेमा ज्ञान प्रदान गर्दै फोटोग्राफीको कठोर विधाहरूमध्ये एकको लागि आफूलाई कसरी विकास गर्ने भन्ने बारे सुझाव दिए ।
व्यक्तित्व विकासको मास्टरमा लण्डनस्थित वेस्टमिन्स्टर कलेजमा प्रमाणित व्यक्तित्व विकासका प्रशिक्षक विवेक उपाध्यायले कक्षा लिए । एक दशकभन्दा बढी समयको अनुभवबाट उपाध्यायले व्यक्तिगत ग्रुमिङ, कम्युनिकेसन, शारीरिक भाषा तथा प्रस्तुति र सहभागीहरूलाई उनीहरूको व्यक्तिगत र व्यावसायिक जीवनको विकासमा सहयोगी हुने अन्य विषयमा संक्षिप्त जानकारी दिए ।
दुबै सत्रहरुमा सहभागीहरूको प्रतिक्रिया सकारात्मक थियो । यस्ता कार्यक्रमले युवाहरूलाई कसरी आफ्नो करियर निर्माण गर्ने र आफूलाई विकास गर्ने भनेर प्रेरित, सशक्त र प्रशिक्षण दिने कुरामा आयोजक संस्था ढुक्क देखिएको छ । निकट भविष्यमा यो फाउन्डेसनले कला, प्रदर्शन कला, फिल्म निर्माण, मोडलिङ, व्यक्तित्व विकास र अन्य विभिन्न बिषयमा मास्टर क्लास सञ्चालन गर्ने जनाएको छ ।