कलाकार सागर लम्साल ‘बले’लाई पितृ शोक, लोकगायक राजेन्द्र लम्सालको निधन


काठमाडौं, हाँस्य कलाकार सागर लम्साल ‘बले’ लाई पितृ शोक परेको छ। उनका पिता लोकगायक राजेन्द्र लम्सालको निधन भएको हो।

लामो समयदेखि स्पेनमा बस्दै आएका उनी कलेजोको समस्याबाट पीडित थिए। हिजो राति उनको स्पेनमा नै उपचारका क्रममा निधन भएको हो।

लम्साल पुरानो पुस्ताका लोक गायक हुन्। राजेन्द्र लम्साल रेडियो नेपालबाट करिब पाँच दर्जन लोकगीत रेकर्ड गराएका छन्।

उनले प्रेमराजा महत, अमर विरही गुरुङ, बमबहादुर कार्की लगायत गायकहरूसँग गीत गाएका थिए।

लम्सालका दुई श्रीमती र चार सन्तान छन्। सागर कान्छीपट्टिका कान्छा छोरा हुन्। उनले गाएका ‘वालिङ फिरफिरे’, म्याग्दी खोला किनारै बसेर ‘,आमा तिम्रो दूधको धारा कहिले तिरिन्छ’, ‘सिरमा रिबन सलको पछ्यौरी,’ ‘पारी प¥यो भिर साह्रै प¥यो पिर’ लगायतका गीतहरू चर्चित थिए।


प्रकाशित मिति : २०७९ फाल्गुन २३, मंगलवार १२:५५

धेरै पढिएको

ताजा समाचार