काठमाडौ, सङ्गीतकार शम्भूजीत बाँस्कोटाको सङ्गीत र गायक रामकृष्ण ढकालको स्वर रहेको गीत ‘माया हुन्छ भनन’ लाई सार्वजनिक भएको छ ।
गीतकार ज्ञानेन्द्र गदालको शब्द र दीक्षित पौडेलको एरेन्ज रहेको गीतको भिडियोलाई बिहीबार सार्वजनिक गरिएको हो ।
म्यूजिक नेपालले बजारमा ल्याएको उक्त गीति संग्रह सार्वजनिक कार्यक्रममा सङ्गीतकार बाँस्कोटा, गायक ढकाल , म्यूजिक नेपालका अध्यक्ष सन्तोष शर्मा, निर्देशक निकेश खड्का लगायतको उपस्थिति थियो ।
गीतको म्यूजिक भिडियोमा गायक ढकाल र नायिका केकी अधिकारी अभिनय रहेको छ ।
निकेश खड्काको निर्देशन रहेको भिडियोमा बुद्ध थापाले छायाडंकन गरेका छन भने विकास धमलाले सम्पादन गरेका छन् ।
गीतको भिडियो म्युजिक नेपालको युट्युब च्यानल, म्यूजिक नेपालद्वारा उत्पादित मोमो एप्स र ६० भन्द बढी डिजिटल प्लेटफर्ममा एकसाथ सार्वजनिक गरिएको छ ।
लामो समयदेखि अमेरिकाको कोलोराडोमा बस्दै आएका गीतकार ज्ञानेन्द्र गदाल नेपाली गीत, कथा, कविता ,गजल लगायतको बिभिन्न साहित्यिक लेखनमा निरन्तर लागिरहेका छन् ।