नयाँ फिल्मको तयारीमा सलोन बस्नेत


गत मंसिर १२ गते एयर होस्टेस करिश्मा केसीसँग विवाह गरेका अभिनेता सलोन बस्नेत फिल्ममा फर्किएका छन् । बुबा शोभित बस्नेतले बनाउन लागेको फिल्म ‘जय हो’ मार्फत उनी फिल्मी काममा फर्किएका हुन् ।
‘जय हो’ को विभिन्न काममा सलोन जुटिरहेको निर्माता शोभितले बताए । बस्नेतले फिल्मको निर्देशकमा टेक पौरखी राईलाई भित्र्याएका छन् । टेकले यसअघि फिल्म ‘मिलन’ बनाएका थिए ।
माघ अन्तिम सातादेखि छायांकनमा निस्कने फिल्मलाई काठमाडौँ, पोखरा, मुस्ताङ र अस्ट्रेलियामा खिचिनेछ । सुरेश न्यौपानेको कथा रहेको फिल्ममा अहिलेसम्म सलोन मात्र फाइनल भएका छन् । अन्य कलाकार र मुख्य अभिनेत्रीको छिट्टै टुंगो लगाउने तयारीमा निर्माण युनिट जुटेको छ ।
सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको ‘जय हो’ मा राज के अधिकारी र सुरज सरकार निर्मातामा छन् ।

 


प्रकाशित मिति : २०७९ पुष ५, मंगलवार ०९:३९

धेरै पढिएको

ताजा समाचार