नेफ्टा अवार्डको लागि फेम नेपाल प्रालि र ग्लोबल टुरिजम प्रमोसन काउन्सिल विच सहकार्य सम्झौता


आगामी मई २७–२०२३ मा अमेरिकाको टेक्सासमा हुन लागेको  नेफ्टा अवार्डलाई भव्य रुपमा सम्पन्न गर्नको लागि फेम नेपाल प्रालि र ग्लोबल टुरिजम प्रमोसन काउन्सिल विचमा सम्झौता भएको छ ।  यस सम्झौता अनुसार ग्लोवलटुरिजम प्रमोसन काउन्सिलले नेपालको टुरिजमलाई प्रमोसन गर्ने र पर्यटनलाई प्रर्बधन गर्ने मुख्य उदेश्यले नेफ्टा इभेन्टलाई सपोर्ट गर्ने गरि विभिन्न सहायक इभेन्टहरुको आयोजना गर्ने र त्यसको सेल्स प्रर्बधन तथा सम्वन्धनका लागि नेपाल सरकार, प्रदेश सरकार, तथा माताहतका निकायहरु सो संग जोडिएका विभिन्न अगंहरु नेपाल टुरिजम बोर्ड, काठमाण्डौ महानगर पालीका, सँग यस कार्यक्रममा पर्यटन पर्बधन गर्ने काममा सबैको सहयोग लिने र कार्यक्रमलाई भब्य बनाउने कुरामा दुवै पक्षको जोड रहेको छ ।   यस सम्झौता अनुसार दुवै पक्षले “Clean Mountain Initiatives ” लाई अभियानकोरुपमा कार्यक्रम प्रस्तुत गरिने ग्लोबल टुरिजम प्रमोसन काउन्सीलका अध्यक्ष तथा मुनलाइट टेलिभिजनका कार्यकारी निर्देशक धर्मेन्द्र सापकोटाले बताउनुभयो ।


प्रकाशित मिति : २०७९ माघ १५, आईतवार १८:०५

धेरै पढिएको

ताजा समाचार