हेर्दैमा राम्री को म्युजिक भिडियो सार्वजनिक


काठमाडौं , नेपाली सांगीतिक बजारमा संगीतलाई थप मजबुत बनाउने काम सेलो गीत संगीतहरुले गरिरहेका छन् ।

विशेषगरी तामाङ समुदायमा मात्रै सिमित भइरहेको सेलो गीतहरु पछिल्लो चरण सबै समुदायका मानिसहरुले उत्तिकै माया गरेको पाइन्छ ।

बरिस्ठ सेलो गायक एवं संगीतकार विश्व दोङको माया भन्दा ठूलो जात हैन बोलको गीत पछाडि दर्शकले रुचाएका गीत हेर्दैमा राम्रीु को भर्खरै म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ ।

नेपाल आर्मीको पोसाकमा गायक दोङ आफैले अभिनय गरेको उक्त भिडियोमा अध्यायनको क्रममा जापान बस्दै आएकि मोडल सोङ्मित थिङले साथ दिएकि छिन् ।

सुन्दरी चटपटेवालीले चटपटे खाना आएका आर्मीलाई मनमनै मन पराएको भावलाई भिडियोमा कलात्मक ढंगले निर्देशक अभि लामाले प्रस्तुत गरेका छन् ।

जनबादी गायिका कमला दोङको सुमधुर अवाज रहेको उक्त गीतको भिडियोको छायांकन जर्सिङपौवाको रमणीय स्थलहरुमा गरेका छन् ।

उक्त गीतको शब्द कुमार बोम्झनले लेखेको हो भने गायक दोङको संगीत रहेको छ ।

अडियोमा करिब ३१ लाख दर्शकले हेरिसकेको उक्त गीतको भिडियो अत्यान्त राम्रो बनेको दर्शकहरूले प्रतिक्रिया दिइरहेका छन् ।

भिडियो विश्व दोङको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेको छ ।


प्रकाशित मिति : २०७९ पुष २९, शुक्रबार ०९:२९

धेरै पढिएको

ताजा समाचार