भारतीय क्रिकेटर रिसभ पन्त कार दुर्घटनामा गम्भीर घाइते भएका छन् ।
रुर्क्रीतर्फ गइरहेको अवस्थामा हरिद्धारमा उनी आफैँले चलाएको कार दुर्घटनामा परेको थियो । उनको देहरादुनस्थित म्याक्स अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा गम्भीर चोट लागेको छ । अस्पतालले रिसभ खतरामुक्त रहेको जनाएको छ ।
प्रकाशित मिति : २०७९ पुष १५, शुक्रबार ०७:३३