अफगानिस्तानमा ६ दशमलव ६ म्याग्नेच्युटको भूकम्प


एजेन्सी, अफगानिस्तानको फैजावाद केन्द्रबिन्दू भएर शक्तिशाली भूकम्प गएको छ ।

६ दशमलव ६ रेक्टर स्केलको भूकम्पको धक्का भारतको राजधानी नयाँ दिल्लीसहित पाकिस्तानमा पनि महसुस भएको बीबीसी हिन्दीले जनाएको छ ।

भारतीय भूगर्भविभागका अनुसार गएराति १० बजेर १७ मिनेटमा भूकम्प गएको हो । भूकम्पबाट कम्तिमा दुई जनाको ज्यान गएको तथा तीन सय जनाभन्दा धेरै घाइते भएका छन् ।

क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।


प्रकाशित मिति : २०७९ चैत्र ८, बुधबार ०७:५०

धेरै पढिएको

ताजा समाचार