एजेन्सी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पुन: विश्वकै लोकप्रीय नेता बनेका छन् ।
मर्निङ कन्सल्टले गरेको सर्भेक्षण अनुसार मोदीले विश्वका अन्य नेतालाई पछि पार्दै सबैभन्दा लोकप्रीय नेता बनेका हुन् ।
उक्त सर्वेक्षण अनुसार मोदी झण्डै ७६ प्रतिशत मानिसको मन जित्दै लोकप्रीय नेताको सूचीमा पहिलो स्थानमा परेका हुन् ।
सबैभन्दा लोकप्रीय नेताको सूचीमा दोस्रो स्थानमा मेक्सिकोका राष्ट्रपति आन्द्रे म्यानुअल लोपेज ओब्राडोर परे भने तेस्रो स्थानमा अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज रहेका छन् ।
चौँथो र पाँचौ स्थान क्रमशस् स्विट्जरल्याण्डका अलाइन बर्सेट र बार्जिलका लुला सिल्भाले ओगटेका छन् । त्यस्तै छैटौं स्थानमा इटालीका जर्जियो मेलोनी र सातौं स्थानमा बेल्जियमका डि क्रु छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले आठौं स्थान हासिल गरेका छन् । बेलायती प्रधानमन्त्री ऋषि सुनाक नवौं र क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रुडो दशौं स्थानमा रहेका छन् ।