चीनको बेइजिङमा अस्पतालमा आगलागी, २१ जनाको मृत्यु


एजेन्सी, चीनको राजधानी बेइजिङस्थित एक अस्पतालमा आगलागी हुँदा ठूलो मानवीय क्षति भएको छ ।

बेइजिङको फेङ्ताई जिल्लामा रहेको चाङफेङ अस्पतालमा मंगलबार भएको आगलागीमा परी कम्तिमा २१ जनाको मृत्यु भएको हो ।

आगलागीलगत्तै खटिएका अग्नि नियन्त्रकले झन्डै ४० मिनेट लगाएर आगो निभाएका थिए । आगो निभाउने क्रममा ७१ जना बिरामीलाई अस्पतालबाट बाहिर निकालिएको थियो ।

अस्पतालमा आगो लाग्नुको कारण पनि खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको र पूर्ण विवरण आउन बाँकी नै रहेको फेङ्ताई जिल्लाको अग्नि तथा उद्धार विभागलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।


प्रकाशित मिति : २०८० बैशाख ६, बुधबार ०८:२४

धेरै पढिएको

ताजा समाचार