अन्नपूर्ण केबुलकारको भ्रमण गरे बलिउड अभिनेता विवेक ओबरायले


बलिउड अभिनेता विवेक ओबरायले अन्नपूर्ण केबलकारको भ्रमण गरेका छन् । गएको बुधबार नेपाल भ्रमणमा आएका अभिनेता ओबरायले आइतबार परिवारसहित केबलकारको भ्रमण गरेका हुन् ।

परिवारसहित पोखरामा रहेको अन्नपूर्ण केबरकारबाट सेदीदेखि साराङकोटसम्मको यात्रा गरेका हुन् । केबलकार यात्राका क्रममा देखिने पोखराका तालतलैया र अरू मनोरम दृश्यहरूबाट अत्यन्त आनन्दको अनुभव भएको उनले सुनाए । अभिनेता ओबरायलाई अन्नपूर्ण केबलकारका बजार प्रबन्धक अरुण कोइरालाले केबलकारमा स्वागत गरेका थिए ।

करिब एक वर्षअघि पोखराको सेदीदेखि साराङकोटसम्म सञ्चालनमा आएको अन्नपूर्ण केबलकार पोखरा आउने स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । केबलकार बिहान ५ देखि साँझ साढे ५ बजेसम्म सञ्चालनमा रहने भएकाले साराङकोटबाट सूर्योदय हेर्न जाने पर्यटकका लागि समेत थप सहज भएको बताइएको छ ।

साभार बारखरी


प्रकाशित मिति : २०७९ पुष ५, मंगलवार ०९:०९

धेरै पढिएको

ताजा समाचार