नरबहादुर टण्डन पुनः चार वर्ष टोरन्टोको पर्यटन दूत


क्यानाडामा एक दसक भन्दा लामो समयदेखि नेपालको पर्यटन प्रवर्धनका लागि सक्रिय नरबहादुर (एनबि) टण्डन पुनः चार वर्षका लागि नेपालका लागि क्यानडाको टोरोन्टोको पर्यटन सद्भावनादुत नियुक्त भएका छन्।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले डिसेम्बर १२ मा गरेको निर्णयअनुसार डिसेम्बर २२ देखि लागु हुने गरि आगामी चार वर्षका लागि उनलाई पर्यटन सद्भावना दूत नियुक्त गरिएको हो।

नेपाल टचलाई उपलब्ध गराइएको उनको नियुक्ति पत्रमा मन्त्रालयका सचिब सुरेश अघिकारीले हस्ताक्षर गरेका छन्।

यस अघि पनि सद्भावना दूतका रूपमा दुई पटक नियुक्त भएर टण्डनले ६ वर्ष काम गरिसकेका छन्।

 

 

क्याडनामा नेपालको पर्यटन प्रचार-प्रसार मात्र नभएर उनले नेपालको बिभिन्न सामाजिक कार्यहरूमा समेत सहयोग गर्दै आएका छन्।

“कोभिड महाब्याधिले शिथिल भएको नेपालको पर्यटन क्षेत्रलाई पुनर्जीवन दिन क्यानाडामा सक्रिय रूपमा काम गर्ने छु”, नेपाल टचसँग उनले भने, “यस अघिको कार्यकालमा दिइएको जिम्मेवारी कुसलता पुर्वक पुरा गरेको कारण नेपाल सरकार तथा पर्यटन मन्त्रालयले पुनः सद्भावना दूत नियुक्त गरेको जस्तो लाग्छ।”

नेपाल नेपालको पर्यटन क्षेत्रको प्रचार-प्रसार गर्न उनले ब्यक्तिगत पहलमा मेला तथा नेपाल झल्कने कार्यक्रम गर्दै आएका छन्।

यो नियुक्तिसँगै क्यानाडा लगायतका देसहरूमा नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति र विविधताका बारेमा प्रचार-प्रसार गर्न मलाई अर्को एउटा मौका मिलेको बताउँदै देस सेवाको कार्यमा सबैबाट सहयोग मिल्ने विश्वास लिएको पनि उनले बताए।

पेसाले ट्रक चालक टण्डन आफुले चलाउने ट्रकमा सगरमाथा, लुम्बिनी, कुमारी आदिका पोस्टर सजाएका छन्। क्यानाडा र अमेरिकामा चलाउने उनको ट्रकमा सजाएका सामग्री देखेर मानिसहरूले नेपाल बारे चासो र जिज्ञासा राख्ने गरेका छन्।


प्रकाशित मिति : २०७९ पुष २२, शुक्रबार १०:५१

धेरै पढिएको

ताजा समाचार