“अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानले” प्रदान गर्ने साहित्य सम्मान पुरस्कार सहित्यकारद्वय मुकारुङ र ओझालाई


पाँचथर, राजनीतिज्ञ, साहित्यकार एवम समाजसेवी स्व।अमरकुमार नेम्बाङको नाममा स्थापित संस्था “अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानले” प्रदान गर्ने यसबर्षको साहित्य सम्मान पुरस्कारबाट सहित्यकारद्वय श्रवण मुकारुङ र प्रेम ओझा सम्मानित हुने भएका छन् ।

लिम्बूको चौथो स्मृतिदिवसको अवसरमा प्रदान गर्न लागिएको उक्त सम्मान पुरस्कार बिहीबार पाँचथर सदरमुकाम फिदिम बजारमा बिषेश कार्यक्रमको आयोजना गरी बितरण गर्न लागिएको प्रतिस्ठानका अध्यक्ष मुनेन्द्र नेम्बाङले जानकारी दिए ।

प्रतिस्ठानले यसका अलावा बिभिन्न सामाजिक कार्य पनि गर्दै आएको छ ।


प्रकाशित मिति : २०७९ माघ १९, बिहीबार १०:२३

धेरै पढिएको

ताजा समाचार