काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न नेकपा (एमाले) का अध्यक्ष केपी ओली बालुवाटार पुगेका छन्।
सत्ता साझेदार दलको बैठक बस्नुअघि प्रधानमन्त्री दाहाल र ओलीबीच छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ।
मन्त्रालयको भागबन्डा मिलाउन र सहमति जुटाउन छलफल भइरहेको हो। एमालेको प्रस्तावमा प्रधानमन्त्री नियुक्त भएका दाहालले सहमतिका आधारमा दलहरुसँग मन्त्रालयको बाँडफाँट गराउन चाहेका छन्।
सोही अनुसार बुधबार पनि ओली निवास बालकोट पुगेर प्रधानमन्त्री दाहालले छलफल गरेका थिए।
‘अहिले प्रधानमन्त्रीसँग एमाले अध्यक्षले छलफल गरिरहनुभएको छ। मन्त्रालय बाँडफाँटको विषयमा एउटा मोडालिटी तयार पारेर गठबन्धन बैठकमा राख्ने तयारी छ’ स्रोतले भन्यो, ‘चार जना मन्त्रीहरुको मन्त्रालय आजै तोकिने सम्भावना छ।’