मकवानपुरमा स्कुटरलाई गाडीले ठक्कर दिँदा ३ जनाको ज्यान गयो, गाडी फरार


मकवानपुर, मकवानपुरमा गाडीले स्कुटरलाई ठक्कर दिँदा ३ जनाको ज्यान गएको छ ।

गएराती १० बजेतिर मनहरी गाउँपालिका—९ भलादमी चोक नजिक सवारी साधनको ठक्करबाट ३ जनाको ज्यान गएको छ ।

ठक्कर दिने गाडीको अहिलेसम्म पहिचान हुन सकेको छैन ।

स्कुटरमा सवार मनहरी गाउँपालिका ८ का ३२ वर्षीय धर्मराज मोक्तान, मिलन मोक्तान र राक्सिराङ गाउँपालिका—३ का रुपेश तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता टेकबहादुर कार्कीले बताए । मृतक तीनै जना एउटै स्कुटरमा सवार थिए ।


प्रकाशित मिति : २०७९ पुष २९, शुक्रबार ०८:२९

धेरै पढिएको

ताजा समाचार