सत्ता साझेदार दलको बैठक बस्दै, मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी


काठमाडौं, मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल गर्न सत्ता साझेदार दलहरूको बैठक बस्दै छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्ने बैठकमा मन्त्रालय भागबन्डामा सहमति जुटाएर सकभर छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल हुनेछ।

सत्ता साझेदार दलहरूबीच कसलाई कति वटा मन्त्रालय दिने भन्ने टुङ्ग्याउन बाँकी छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच बुधबार र बिहीबार बालकोट र बालुवाटारमा भएको छलफलमा मोटामोटी सहमति भएको स्रोतले जानकारी दिएको छ।

सहमतिअनुसार सरकारमा सहभागी दलहरूसँग छलफल गरेर अन्तिम रूप दिने तयारी छ।


प्रकाशित मिति : २०७९ पुष २९, शुक्रबार ११:५४

धेरै पढिएको

ताजा समाचार