धनकुटा, धनकुटाको छथर जोरपाटी गाउँपालिकाको सिँधुवा बजारमा आगलागी हुँदा ६ वटा घरमा क्षति पुगेको छ ।
शुक्रबार राति सन्तोष राईको घरबाट सुरु भएको आगोबाट बजारका दुई घरमा पूर्ण तथा चार घरमा आंशिक गरी ६ वटा घरमा क्षति पुगेको छ ।
बेलुका ७ बजेबाट लागेको आगलागीबाट बजारको काउली चोक नजिकका घरहरूमा क्षति भएको प्रहरीले जनाएको छ ।
आगोले सन्तोष राई र झमक थापाको घर पूर्ण तथा डम्बरबहादुर थापा, अर्जुन घिमिरे, लिलाबहादुर थापा र डिगबहादुर खड्काको घरमा आंशिक क्षति पुगेको सुन्दरमान डङ्गोलले जानकारी दिए ।
आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले तथा छिमेकी तेह्रथुमको लालिगुराँस नगरपालिका वसन्तपुरबाट आएको दमकलको सहयोगमा झण्डै तीन घण्टाको प्रयासमा गएराति नै निभाइएको छ ।
आगो ताप्न बालिएको कोइलाबाट आगो सल्किएको हुनसक्ने अनुमान गरिएको छ ।