काँग्रेस सभापति देउवाले दिए माघी र मकर सङ्क्रान्तिको शुभकामना


काठमाडौँ, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मकर सङ्क्रान्ति एवं माघेसङ्क्रान्तिको शुभकामना व्यक्त गर्दै यो पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्परा संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्ने बताएका छन् ।

उनले मकर सङ्क्रान्ति-माघेसङ्क्रान्तिका अवसरमा यस दिनलाई विशेष पर्वका रूपमा मनाउने थारू समुदायलगायत अन्य समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा पार्टी र आफ्नोतर्फबाट शुभकामना व्यक्त गरेका छन् ।

सभापति देउवाले नेपालमा प्राचीनकालदेखि विभिन्न जातजातिको बसोबासको सङ्गमस्थल रहेकाले विभिन्न भाषा, विभिन्न धर्म, विभिन्न संस्कृति र चाडपर्वको बेग्लै विशेषता रहेको सन्देशमा उल्लेख गरेका छन् ।

उनले सन्देशमा भनेका छन, “एकले अर्काको यी हरेक विषयलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट परम्परा छ । भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा मनाइने यस्ता पर्वले सामाजिक सद्भावना बढाउँछ ।”


प्रकाशित मिति : २०७९ माघ १, आईतवार ०९:२९

धेरै पढिएको

ताजा समाचार