यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटना :७२ जनाको अवस्था अज्ञात


पोखरा, काठमाडौंबाट पोखरा उडेको यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएको छ ।

काठमाडौंबाट पोखराका लागि उडेको जहाज पोरखाको नयाँ विमानस्थलमा पार गरेर अगाडि गएपछि पोखरामा त्रास फैलिएको थियो ।

सो जहाज पुरानो विमानस्थलमा अवतरण हुने भयो भन्ने अड्कल गर्दा गर्दै जहाज सेतीको खोचमा खस्यो र आगोको मुस्लो दृखियो, प्रत्यक्षदर्शी पोरखराका पत्रकार गोविन्द सुवेदीले जानकारी दिए ।

आगो लागेको थाहा पाउने वित्तिकै अहिले उद्धारका लागि सबै निकायको पहल भइरहेको छ । केही शवलाई बाहिर ल्याएको छ, उद्धारकर्ताहरू क्रियाशील रहेका छन् ।

जहाजमा १० विदेश नागरिक, ४ चालक दलका सदस्य र ५८ नेपाली यात्रु रहेको जानकारी विमानस्थलले दिएको छ । थप विवरण आउने क्रम जारी छ ।


प्रकाशित मिति : २०७९ माघ १, आईतवार ११:५४

धेरै पढिएको

ताजा समाचार