यति एयरलाइन्सको जहाज दुर्घटनाको विवरण बुझ्न विमानस्थल पुगे प्रधानमन्त्री दाहाल र गृहमन्त्री लामिछाने


काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरामा आज भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर ७२ जहाज पोखरामा आज बिहान दुर्घटनाग्रस्त भएको थियो ।

प्रधानमन्त्रीले उद्धारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् । दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री र गृहमन्त्री त्रिभुवन विमानस्थल पुगेका छन् ।

विमान दुर्घटनाको कारण र उद्धार अवस्था बुझ्न प्रधानमन्त्री र गृहमन्त्री त्रिभुवन विमानस्थलमा

दुर्घटनाको विषयलाई लिएर प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।


प्रकाशित मिति : २०७९ माघ १, आईतवार १२:४०

धेरै पढिएको

ताजा समाचार