काठमाडौ, मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले आइतबार पोखरामा भएको विमान दुर्घटनामा ठूलो संख्यामा नेपालीसहित विदेशीको मृत्यु भएको कारण भोलि सार्वजनिक शोकविदा दिने निर्णय गरेको छ।
एक मन्त्रीका अनुसार बैठकले विमानमा उडानअघिको जाँचपड्ताललाई चुस्त बनाउने निर्णय समेत गरेको छ।
आइतबार पोखरामा यती एयरलाइन्सको ९एन–एएनसी एटीआर जहाज दुर्घटनामा परेको थियो।
दुर्घटनामा २९ जनाको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरिसकेको छ। विमानमा ५३ नेपाली र १५ विदेशी यात्रामा सवार थिए।
प्रकाशित मिति : २०७९ माघ १, आईतवार १४:४०