यति एयरलाइन्स बिमान दुर्घटनामा अस्पताल लगिएका सबै ३६ जना मृत घोषणा


पोखरा, कास्कीमा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेकामध्ये अस्पताल पुर्याइएका सबै ३६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका प्रवक्ता डां.नारायण श्रेष्ठले हालसम्म ३६ जनालाई अस्पताल ल्याइपुर्याइएको र सबै जनाको मृत्यु भएको जानकारी दिए ।

‘अहिलेसम्म अस्पताल ल्याइएकामध्ये कोही पनि जिवित हुनुहुन्न। सबै अस्पतालबाट तथ्यांक लिँदा अहिलेसम्मको अवस्था यो छ’, श्रेष्ठले भने । विमानमा चालक दलका ४ सहित ७२ जना सवार थिए ।


प्रकाशित मिति : २०७९ माघ १, आईतवार १५:२५

धेरै पढिएको

ताजा समाचार